शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘काउसो’ को शीर्ष गीत ‘लागो लागो काउसो’

शुक्रबार, ०३ जेठ २०७६, १७ : २८
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं – अर्नभ फिल्मस् प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘काउसो’को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘लागो लागो काउसो’ बोलको गीतमा जुना प्रसाईं र रामचन्द्र काफ्ले स्वर दिएका छन् । 
अभिनेता सविन श्रेष्ठ  र अभिनेत्री अनु पराजुलीको रोमान्स रहेको गीतमा विकाश चौधरीको संगीत, मदन घिमिरेको शब्द, बिक्रम स्वारको कोरियोग्राफी छ ।  मदन घिमिरेले निर्देशन गरेको फिल्म आगामी १७ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली लगायतको मुख्य भूमिका रहेको छ । 

अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्मातामा राजेन्द्र बस्नेत , सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । शंकर महर्जनको द्धन्द्ध, रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्ममा नविन निरौलाको सम्पादन रहेको छ । फिल्मको कार्यकारी निर्माता अन्चिला केसी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप