शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो सुरु

शुक्रबार, ०३ जेठ २०७६, १७ : २१
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आज देखि सुरु भएको छ । यो एक्स्पो तीन दिनसम्म संचालन हुने छ ।एक्स्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम कटिङ्ग) २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल रहेका छन् । 

एक्स्पोमा विभागकोे अडियोटरियममा जेम एण्ड ज्वेलरीको प्रवर्धन, निर्यात विस्तार एवं आयात प्रतिस्थापन वारे सेमिनार संचालन हुने छ । सेमिनारमा विभाग र महासंघवाट रत्न, पत्थर तथा आभुषणको विकास र निर्यात प्रवद्र्धन वारे कार्यपत्रहरु प्रस्तुत हुने छ ।

साथै भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिलका अध्यक्ष प्रमोद कुमार अग्रवालले जेम एण्ड ज्वेलरी क्षेत्रमा भारतको अनुभव वारे किनोट स्पिच र भारत स्थीत जेमोलजिकल इन्स्टिच्यूट अफ अमेरिकाका विशेषज्ञले जेमोलजी शिक्षा र निकुञ्जका विशेषज्ञ निकुञ्ज शाहले जेमको प्रशोधन तथा कटिङ्ग आदिमा प्रयोग हुने मेसिनरी एवं टक्नोलोजी वारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

जेठ ३, ४ र ५ गते नेपाली उद्यमी व्यवसायी र विभिन्न मुलुकबाट एक्स्पोमा सहभागी प्रतिनिधिमण्डल बीच व्यापारिक तथा म्याच–मेकिङ बैठकहरु संचालन हुने छ । साथै भारत स्थीत जीआईएले रत्न पत्थर सम्बन्धि दुई दिने सेमिनार संचालन गर्नेछ ।

जेठ ६ गते साँझ ५ बजे देखि हेरिटेज गार्डेन झम्सिखेल ललितपुरमा ज्वेलरी फेशन शो एवं एक्स्पोको समापन समारोह हुने छ । सो अवसरमा “हिडन ट्रेजर”द्वारा आयोजित मिस नेपाल २०१९का संपूर्ण प्रतिश्पर्धीहरुबाट ज्वेलरी शो प्रस्तुत गरिने आयोजकले बताएको छ । 

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, ‘देशमा वर्षेनी ठूलो रकमको सुनचाँदी आयात भइरहेको तर त्यसवाट अपेक्षाकृत मात्रामा मूल्य अभिवृद्धि हुन सकेको छैन । आयातित वहुमूल्य वस्तुको उपभोग बढ्दै जानुले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ भन्नेमा महासंघ सजग छ ।’ उनले भने, ‘देशको वाह्य व्यापारको अनुपात आयात ९४ र निर्यात ६ प्रतिशतमा झरेको वर्तमान अवस्थामा सुधार ल्याउन महत्वपूर्ण टेवा दिन सक्ने रत्न, पत्थर तथा आभुषण क्षेत्रको प्रवद्र्धनका लागि सम्वन्धित सवै पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अभिप्रायले यो एक्स्पो आयोजना गरिएको हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप