बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस भक्तपुरमा एमाले विजयी

आइतबार, २२ साउन २०७४, १७ : ०३
आइतबार, २२ साउन २०७४

भक्तपुर – जिल्ला समन्वय समिति भक्तपुरको सबै पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । नौ सदस्य समितिका लागि नेकपा (एमाले)बाट प्रमुखमा नवराज गेलालले ५ मत प्राप्त गरी विजयी भए ।  


उनको निकतम प्रतिद्धन्दी नेमकिपाकी उम्मेदवार कमला भारती गिरीले २ मत प्राप्त गरेकी छिन् । 


 उपप्रमुखमा एमालेकै उम्मेदवार सरिता कुँवरले ५ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनको निकतम प्रतिद्धन्दी नेमकिपाकि उम्मेदवार हरि रत्न गोर्खालीले २ मत प्राप्त गरे । 


अन्य सात जना सदस्यहरुमा एमालेका शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता विजुक्छेँ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कुल आठ मत रहेकामा एमालेको पाँच मत, नेमकिपाको दुई मत र नेपाली काँग्रेसको एक मत रहेको छ । 


चार वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवं उपप्रमुखगरी आठ जनाले मतदान गरेका थिए ।


मध्यपुरकी उपप्रमुख अन्जना मधिकर्मी भने मतदान प्रक्रियामा समावेश भइनन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप