शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा गोरखाको महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण

शुक्रबार, ०३ जेठ २०७६, १७ : ००
शुक्रबार, ०३ जेठ २०७६

गोरखा– एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थीत महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ ।

एभरेष्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ ।

एभरेष्ट बैंकले मेयर राजन राज पन्त, वडा अध्यक्ष कुल बहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेनको उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप