शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

शुक्रबार, ०३ जेठ २०७६, १४ : ०९
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं– सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोवाइल सम्बन्धी सबै सेवा एकै छाना मुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ ।  

सीटीसी मोबाइल एक्सचेन्ज मेलामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । 

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने प्रबन्ध निर्देशक राईले जानकारी दिए ।  

मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।   

मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा छन् । 

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएकोे मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप