बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको रुपन्देहीमा शाखा रहित बैंकिङ्ग सेवा, रियल टाइममा खाता खोल्न सकिने

शुक्रबार, ०३ जेठ २०७६, १४ : ०५
शुक्रबार, ०३ जेठ २०७६

रुपन्देही– माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप