तपाईंको भान्छामा लुकेको छ तौल घटाउने फर्मुला, के तपाईंले अपनाउनुभयो ?
धेरैजसो मानिसहरु आफ्नो भद्दा शरीरका कारण निकै तनावमा हुन्छन् । यसबाट छुटकारा पाउन डाक्टरको औषधीमा निर्भर हुन्छन् भने आयुर्वेदिक पद्धतीलाई पनि आफ्नो दैनिकीमा समावेश गर्छन् । तर यति गर्दा पनि तौलमा अलिकति पनि कमी नआउँदा चिन्तामा पनि हुन्छन् । तर कतिलाई मोटोपना कम गर्ने वास्तविक फर्मुला भान्छामा हुन्छ भन्ने धेरैलाई थाहा हुँदैन ।
मेथीको दानाः
जुनसुकै बेला जे पनि खाँदा तौल बढ्छ । यदि हामी यस्तो बानी नियन्त्रण गर्छौं भने सायद केही हदसम्म तौल कम हुन सक्ला । तर पेटको आगोले तपाईंलाई खानाबाट टाढा बस्नै दिँदैन । यो समस्यालाई मेथीको दानाले हल गर्न सक्ला । तपाईंले चाहेको खण्डमा भोकलाई नियन्त्रित र शान्त गर्नका लागि मेथीको दाना प्रयोग गर्न सक्नुहुन्छ । यसले मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोललगायतका समस्यालाई समेत रोक्न सहयोग गर्छ ।
जिराः
हुन त जिराको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ तर तपाईंलाई एक चम्चा जिरामा शरीरको तीन गुणा फ्याट बर्न गर्ने क्षमता पनि हुन्छ भन्ने थाहा नहुन सक्छ । जिराले हाम्रो शरीरमा मेटाबोलिजम प्रणालीलाई पनि सही बनाइराख्छ ।
अदुवाः
अदुवा खानामा साथै विभिन्न पेय पदार्थमा प्रयोग गर्ने गरिन्छ । तर सायद तपाईंलाई यसमा बोसो पगाल्ने क्षमता छ भन्ने थाहा छैन । अदुवाले ब्लड सुगर अप्रत्याशित बढ्न नदिन मद्दत गर्छ ।
लसुनः
लसुनले तरकारीको स्वाद बढाउने गर्छ । साथै, लसुनले शरीरमा जमेको बोसोलाई कम गर्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । यसका साथै यसले शरीरको तापक्रमलाई बढाएर बोसो घटाउने प्रक्रिया तीब्र पार्छ । यसबाहेक लसुनले रक्तचाप, छाती पोल्ने, हृदय रोग र अस्टियोअर्थराइटिसजस्ता रोगबाट पनि बचाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम
-
पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति