शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगमको जग्गा खरीद प्रकरणमा आन्तरिक छानविन शुरुः मन्त्री मण्डल

आइतबार, २२ साउन २०७४, १६ : ५८
आइतबार, २२ साउन २०७४

मोरङ–आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा मन्त्रालयले आजदेखि आन्तरीक छानविन शुरु गरेको बताएका छन् ।
 मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला पुगेका  मन्त्री मण्डले आइतबार बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आन्तरिक रुपमा अनुसन्धान सुरु भइसकेको बताएका हुन् । 


जग्गा खरीदको विषय विभिन्न संसदीय समितिले छानविन थालिसकेकोले हतारमा बोल्नेमात्र भन्दापनि कानुनसम्मत तरीकाले अगाडी बढ्नुपर्ने विषय भएको मण्डलको भनाइ थियो । ‘कार्वाहीगर्ने कुरा कानुनसम्मत तरीकाले अगाडी बढ्नुपर्छ, हतार रुपमा बोल्ने कुराले त्यति प्रभावकारी बन्न सक्दैन’, उनले भने ‘२÷३ दिन भित्रमा मन्त्रालयको तर्फबाट एक्सन लिने कुरा हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ 


अनुसन्धान र तथ्यहरु नहेरीकन बोल्ने कुरा भन्दापनि तथ्य आईसकेपछि मात्र प्रकृया अगाडी बढाउने कुरा महत्वपूर्ण हुने उनको भनाई छ । ‘बरु म यो मन्त्रालय छोड्नु पर्ने अवस्था आएपनि छोडुला तर दोषी ठहर भए कार्वाहीको प्रकृया छोड्दिन ।’


२५ किलोको माला  
आपूर्तिमन्त्री शिवकुमार मण्डललाई गृहजिल्ला मोरङ्गका जनताले स्वागत गरेका छन् । मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला मोरङ्ग पुभएका मन्त्री मण्डललाई 


बिराटनगर बिमानस्थलमा २५ किलोको माला लगाएर स्वागत गरेका थिए । ‘माओवादी केन्द्रका तर्फबाट मोरङ्ग जिल्लाकै पहिलो मन्त्री बन्नुभएकोले उहाँलाई २५ किलोको मालाले स्वागत गरेका हौं’–माओवादी केन्द्र मोरङका कार्यालय सचिव मुक्ति शर्माले भने । 


स्वागत कार्यक्रममा बोल्दै मन्त्री मण्डलले मोरङ्गको विकासका लागि आफूले यथाशक्य पहल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप