नेकपाले यसरी सम्झियो मदन भण्डारी र जीवराज आश्रितलाई, तस्बिरमा हेर्नुस्
आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले मदन र जीवराजलाई आदर्श नेता मान्ने गरेका छन् । त्यही स्मरणमा आज उनीहरुले विभिन्न कार्यक्रम गरेर स्मरण गर्दैछन् ।
मदन आश्रित स्मृतिकै अवसरमा नेकपाका शीर्ष नेताले तत्कालिन एमालेको मुख्यालय बल्खुमा रहेको मदन भण्डारीको शालिकमा शुक्रबार फुल गुच्छा चढाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतका नेता कार्यकर्ता बल्खु पुगेर मदन आश्रितलाई स्मरण गर्न बल्खु पुगेका थिए ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।
२६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ । प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । यस वर्ष पनि यसलाई नै निरन्तरता दिइएको छ । तर हत्याराको खोजी गर्न छाडिएको छ ।
नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा भण्डारीले अघि सारेको जबजबारे बहस कायमै छ ।
अहिले उनै भण्डारी तत्कालीन महासचिव रहेको पार्टीले दुईतिहाइ मतसहितको शक्तिशाली सरकार चलाइरहेकोे छ । तर, यस्तोे शक्तिशाली सरकारले समेत यो घटनाबारेमा अनुसन्धान गर्न नखोज्नुलाई आम नागरिकले रहस्यमय रुपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान