शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैदीको उपचारका क्रममा मृत्यु

शुक्रबार, ०३ जेठ २०७६, १० : ३२
शुक्रबार, ०३ जेठ २०७६

भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो ।
 
थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् । 

एघार वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महीना कैद भुक्तान गरेको र बाँकी १० महीना मात्र रहेको चितवन कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । 

क्यान्सर रोगले पीडित थिङलाई १५ दिन अघिमात्र चितवन ल्याइएको उनले बताए । चितवन कारागारमा अझै आठ क्यान्सर रोगका बिरामी छन् । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप