केन्द्रीय संस्करण
जानकारी

लामखुट्टेले पनि शिकार छान्छ ! महिलाको रगत बढी चुस्छ !

५० मिटर परबाटै गन्ध थाहा पाउने र शिकारको लागि ४० माइल परसम्म उड्ने अद्भूत क्षमता हुन्छ लामखुट्टेमा !

person explore access_timeजेठ ३, २०७६ chat_bubble_outline0
https://www.ecomist.co.nz/wp-content/uploads/2018/03/mosquito-biting-hand-feature.jpg

एक पटक म र मेरा केही साथीहरु खाजा खान होटेल गयौं । समय त्यस्तै दिनको ३ बजेतिरको थियो । साथी फणिन्द्र लामखुट्टेले टोक्यो भनेर छट्पटाउन थाले । जबकि, मलगायत अरु साथीहरुलाई भने त्यसबेला लामखुट्टेले टोकेकै थिएन । हामीले ठट्टा पनि गर्‍यौं– लामखुट्टेलाई पनि तिम्रो रगत मिठो लाग्दो रहेछ । त्यसैले सँगै बस्दा पनि लामखुट्टेले तिमीलाई मात्रै टोक्यो, अरु हामी कसैलाई पनि टोकेन ।

*

के साँच्चै नै लामखुट्टेले पनि त्यसरी मानिस छानिछानी टोक्ने गर्छ त ? त्यो घटनापछि मलगायत साथीहरुको मनमा जिज्ञासा जाग्नु स्वभाविकै थियो । र, खोज्दै जाँदा जवाफ पनि फेला पर्‍यो– हो त नि, लामखुट्टेले पनि आफ्नो शिकार त छानिछानी रोज्दो रहेछ !

फ्लोरिडा विश्वविद्यालयका प्रोफेसर जेरी बटलर, पि.एच.डी.का अनुसार लामखुट्टेले सँगै बसेका मानिसलाई पनि जथाभावी टोक्ने गर्दैन । त्यसले आफ्नो शिकार रोजेर मात्रै टोक्ने गर्छ । दशजनामध्ये एक जना मानिसले लामखुट्टेलाई बढी आकर्षित गर्ने गर्छ ।

लामखुट्टेको अण्डाको विकासको रगतको आवश्यकता पर्ने गर्छ । त्यसैले खालि पोथी लामखुट्टेले मात्रै मानिस वा जनावरलाई टोक्ने गर्छ । भाले लामखुट्टेले रगत चुस्ने गर्दैन ।

लामखुट्टेले मानिसको रगत खानाको रुपमा सोस्ने गर्दैन । वास्तवमा, लामखुट्टेको अण्डाको विकासको रगतको आवश्यकता पर्ने गर्छ । त्यसैले खालि पोथी लामखुट्टेले मात्रै मानिस वा जनावरलाई टोक्ने गर्छ । भाले लामखुट्टेले रगत चुस्ने गर्दैन ।

लामखुट्टेले कस्तो मानिस र छाला रगत चुस्नको लागि मन पराउँछ भन्ने कुरा अझैसम्म वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् । तर “मानिसले पैदा गर्ने कुन पदार्थ र गन्धले लामखुट्टेलाई बढी आकर्षित गर्छ भन्ने सम्बन्धमा धरै नै अनुसन्धानहरु भइरहेका छन्”, अमेरिकन मस्क्यूटो कन्ट्रोल एसोसिएसनका प्राविधिक सल्लाहकार जोय कोनलोन, पि.एच.डी. बताउँछन् । उनका अनुसार, यसका लागि ४०० वटा विभिन्न पदार्थहरुमाथि अनुसन्धान भइरहेको छन् र यो निक्कै मेहनतको काम हो । उनी भन्छन्,– “यस दिशामा बल्ल अनुसन्धानकर्ताहरुले छाला मात्र खुर्कन सफलता प्राप्त गरेका छन् ।” उनको तात्पर्य हो– वैज्ञानिकहरु अझै अनुसन्धानको सतहमा नै छन्, भित्री तहसम्म पुग्न सकेका छैनन् ।

वैज्ञानिकहरुका अनुसार लामखुट्टे आकर्षित हुनुमा ८५ प्रतिशत भूमिका जेनिटिक रहेको हुन्छ । हाम्रो शरीरमा केही निश्चित रसायनहरु हुन्छन्, जुन छालामा निस्किने गर्छ । त्यो रसायन मानिसपिच्छे कम वा बढी निस्कने गर्छ । जसको छालामा त्यो रसायन बढी मात्रामा देखापर्छ, उसैप्रति लामखुट्टे पनि बढी आकर्षित हुने गर्छ ।


लामखुट्टे पृथ्वीका आदिम जीवहरुमध्येका एउटा जीव

लामखुट्टे यस पृथ्वीका आदिम जीवहरुमध्येका एउटा जीव हो । वैज्ञानिकहरुका अनुसार यस पृथ्वीमा लामखुट्टे आजभन्दा १७० मिलियन वर्षपहिलेदेखि रहँदै आएको छ ।

लामखुट्टेका ३५ सयभन्दा बढी प्रजातिहरु हुन्छन् । तीमध्ये १७५ प्रजातिहरु त अमेरिकामा पाइन्छ ।

लामखुट्टे संसारका प्रायः सबै स्थानहरुमा पाइन्छ । आर्कटिक र एन्टार्कटिका जस्तो चिसो क्षेत्रमा पनि लामखुट्टे पाइन्छ ।  तर आइसल्याण्ड मात्र त्यस्तो देश हो, जहाँ लामखुट्टे पाइँदैन ।

लामखुट्टेले गर्मी र आद्रता भएको क्षेत्र बढी मनपराउँछ । अर्थात् सबैभन्दा बढी लामखुट्टे उष्णप्रदेशीय क्षेत्रहरुमा यो पाइन्छ । युरोप वा उत्तरी अमेरिकाको तुलनामा अफ्रिका, एशिया र दक्षिण अमेरिकी मुलुकहरुमा बढी लामखुट्टे पाइन्छ ।


फ्लोरिडा विश्वविद्यालयका प्रोफेसर जेरी बटलर भन्छन्– “विशेष गरेर जसको छालाको सतहमा स्टेरोयड वा कोलेस्ट्रोल जस्ता रसायनको मात्रा बढी हुने गर्छ, लामखुट्टेले उसैलाई बढी टोक्ने गर्छ । तर लामखुट्टेले बढी टोक्यो भन्दैमा उसको रगतमा कोलेस्ट्रोलको मात्रा उच्च छ वा बढी छ भन्ने अर्थ चाहिँ लगाउनु हुँदैन ।” उनका अनुसार, लामखुट्टेले बढी टोक्ने मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा बढी नहुन सक्छ तर उसको शरीरले कोलेस्ट्रोललाई बढी सुक्ष्मताका साथ प्रोसेस गरेर नचाहिने तत्वको रुपमा छालाबाट निस्कासित गर्ने क्षमता भने अवश्य हुन सक्छ ।

त्यसैगरी, अमेरिकाका एन्टोमोलोजी सोसाइटीका प्रवक्ता जोन एडमन, पी.एच.डी., का अनुसार, लामखुट्टेले यूरिक एसिड लगायत अन्य निश्चित एसिड रसायनहरु धेरै पैदा गर्ने मानिसलाई पनि बढी टोक्ने गर्छ । उनका अनुसार, यूरिक एसिड लगायतका यस्ता रसायनहरुले लामखुट्टेको गन्ध थाहा पाउने क्षमता (olfactory sensations) लाई बढी उत्तेजित र आकर्षित गर्ने गर्छ, जसले गर्दा लामखुट्टेले वरिपरि थुप्रै शिकार हुँदाहुँदै पनि त्यस्तो रसायन बढी पैदा गर्ने मानिसलाई नै टोक्ने गर्छ ।

एडमनका अनुसार, लामखुट्टेको गन्ध थाहा पाउने क्षमता अद्भूत हुन्छ । त्यति सानो कीरा भएर पनि यसले ५० मिटर परबाटै गन्ध थाहा पाउन सक्छ । फेरि कतिसम्म भने शिकारको खोजीमा लामखुट्टे ४० माइल परसम्म उडेर जाने गर्छ ।

लामखुट्टेले मानिसको शरीरमा निस्कने गन्धका आधारमा शिकार छान्ने गर्छ । विशेष गरेर ल्याक्टिक एसिडले लामखुट्टेलाई बढी आकर्षित गर्ने गर्छ ।

युनिभर्सिटी अफ फ्लोरिडाका मेडिकल एन्टोमोलोजिस्ट तथा लामखुट्टे विशेषज्ञ डा. जोनाथन डेका अनुसार, लामखुट्टेले मानिसको शरीरमा निस्कने गन्धका आधारमा शिकार छान्ने गर्छ । विशेष गरेर ल्याक्टिक एसिडले लामखुट्टेलाई बढी आकर्षित गर्ने गर्छ । उनका अनुसार ए वा बी रक्त समूहका व्यक्तिलाई भन्दा बढी ओ रक्त समूहका व्यक्तिलाई लामखुट्टेले बढी टोक्ने गर्छ ।

लामखुट्टेले शिकार छनौट गर्नको लागि शिकारको शरीरबाट निस्कने कार्बनडाइअक्साइडलाई आधार बनाउने गर्छ । डा. डेका अनुसार, सबै मेरुदण्डभएका प्राणीहरुले कार्बनडाइअक्साइड उत्पादन गर्ने गर्छ । त्यसै आधारमा लामखुट्टेले आफ्नो शिकार कहाँ छ भनेर छनौट गर्ने गर्छ ।

लामखुट्टेको यस्तो क्षमता बढी कार्बन डाइअक्साइड निस्कासन गर्ने मानिसहरुको लागि निश्चय पनि खुसीको कुरा होइन ।

कोनलोनका अनुसार, कुनै पनि किसिमको कार्बन डाइअक्साइडले टाढाकै दूरीबाट लामखुट्टेलाई सजिलै आकर्षित गर्ने गर्छ । हेक्का रहोस्, साना बच्चाहरुले भन्दा ठूला मानिसहरुले बढी कार्बनडाइअक्साइड निस्कासन गर्ने गर्छ । त्यसैले लामखुट्टेले पनि सानाको तुलनामा ठूला र मोटा मानिसहरुलाई बढी टोक्ने गर्छ । अझ गर्भवती महिलाले सामान्यभन्दा बढी नै कार्बनडाइअक्साइड निस्कासन गर्ने गर्छ । त्यसैले तुलनात्मक रुपमा बढी गर्भवती महिलाहरु पनि लामखुट्टेको टोकाइको शिकार बन्ने गर्छन् ।

माथि उल्लिखित कुराहरु बाहेक, मानिसको गतिविधि र उसको शरीरको तापक्रमले पनि लामखुट्टेलाई कम वा बेसी आकर्षित गर्ने गर्छ । रमाइलो कुरा के छ भने लामखुट्टेले उज्यालो रंगभन्दा अँध्यारो रंग बढी मन पराउने गर्छ । त्यसैले उसले उज्यालो रंगको लुगा लगाएको भन्दा अँध्यारो रंगको लुगा लगाउनेलाई बढी टोक्ने गरेको पनि पाइएको छ । त्यसैगरी, रक्सी नखानेभन्दा रक्सी खाइरहेको मानिसलाई पनि लामखु्ट्टेले टोक्छ ।

तपाईंहरुले कत्तिको याद गर्नुभएको छः लामखुट्टेले बेसी गरेर हाम्रो खुट्टाको गोलीगाँठो वरिपरि बढी टोक्ने गर्छ । यसो हुनुको कारण चाहिँ खुट्टाको व्याक्टेरियाले पैदा गर्ने गन्धप्रति लामखुट्टे छिटो आकर्षित हुनु पनि हो ।


किन लामखुट्टेले महिलाको रगत बढी चुस्छ ?

https://timedotcom.files.wordpress.com

लामखुट्टे मान्छेको पसिनामा पाउने एउटा विशेष प्रकारको गन्धको कारण आकर्षित हुन्छ । जस्को पसिनामा त्यो विशेष गन्ध बढी रहन्छ, त्यसलाई लामखुट्टेले बढी आक्रमण गर्छ र जसको पसिनामा त्यो गन्ध कम हुन्छ, त्यो प्रति लामखुट्टे कम आकर्षित हुन्छ ।

महिला र पुरुषहरुको कार्यक्षमता, शारिरिक संरचना लगायतका विभिन्न पक्षहरुबारे लामो समयदेखि वैज्ञानिकहरुले विभिन्न अनुसन्धानहरु गर्दै आएका छन् र विभिन्न रोचक तथ्यहरु पत्त लगाउदै आएमका छन् । जस्तो, पुरुषको तुलनामा हिख्खा बढी संवेदनशील हुन्छन्,उनीहरुमा बढी रोग प्रतिरोध गर्ने शक्ति हुन्छ, महिलाहरुमा स्पर्श, स्वाद र गन्ध ग्रहण गर्ने क्षमता पनि पुरुषचको तुलनामा अत्यधिक बढी हुन्छ ।

महिला र पुरुषहरुका बारेमा अनुसन्धान गर्दै आउने क्रममा वैज्ञानिकहरुले एउटा रोचक तथ्य पनि पत्ता लगाएका छन् त्यो हो– पुरुषको तुलनामा लामखुट्टेले महिलाको रगत चुस्न बढी रुचाउछ ! यसो हुनुको रहस्य के होला ? तपाईले याद गर्नु भएको होला, एकै ठाउँमा थुप्रै मान्छे बसिरहेका छन् भने पनि, लामखुट्टेले कसैलाई चाहिँ अति नै बढी आक्रमण गर्छ भने कसैलाई चाहिँ टोक्दै टोक्दैन वा टोके पनि अति काम । यसो हुनुको खास कारण के हो भने, लामखुट्टे मान्छेको पसिनामा पाउने एउटा विशेष प्रकारको गन्धको कारण आकर्षित हुन्छ । जस्को पसिनामा त्यो विशेष गन्ध बढी रहन्छ, त्यसलाई लामखुट्टेले बढी आक्रमण गर्छ र जसको पसिनामा त्यो गन्ध कम हुन्छ, त्यो प्रति लामखुट्टे कम आकर्षित हुन्छ ।

यसरी लामखुट्टेलाई आकर्षित गर्ने त्यो विशेष गन्ध पसिनामा एस्ट्रोजन नाम गरेको यौनहामोनको कारण पैदा हुन्छ । यो एस्ट्रोजन  हम्रोन पनि दुइ प्रकारका हुन्छ–१७ एल्कोहलिक एस्ट्रोजन अर्को १७ फिटो एस्ट्रोजन ।

महिला पुरुष दुबैको पसिनामा  यी दुबै थरी एस्ट्रोजन विद्यमान हुन्छ तर यसको अनुपात दुबैमा अलग अलग हून्छ । पुरुषको पसिानमा १७ फिटो एस्ट्रोजनका साथ १७ एल्कोहलिक एस्ट्रोजनको मात्रा अति नगन्य मात्रामा हुन्छ । तर त्यसको विपरित, महिलाहरुको पसिनामा यो १७ एल्कोहलिक एस्ट्रोजन वढी मात्रा पाइन्छ । यही एस्ट्रोजनको विशेष गन्धको कारण नै लाखुट्टे महिलाहरु प्रति बढी आकर्षित हुने गर्छ ।

महिलाको पसिनामा यो १७ एल्कोहलिक एस्ट्रोजनको मात्रा सधैं समान मात्रामा रहँदैन । यो घटबढ भइरहेको हुन्छ । महिलाहरुमा हुने महिनावारीका साथसाथै उनीहरुको पसिनामा एल्कोहलिक एस्ट्रोजनको मात्रामा पनि घटबढ भइरहेको हुन्छ । शोधहरुमा  पत्ता लागेअनुसार महिनावारी बन्द भएको चौथो, नवौदेखि १२, १७ देखि २० र २१ देखि २४ औं दिनमा महिलाको पसिनामा १७ एल्कोहलिक एस्ट्रोजनको मात्रा बढ्छ । त्यसको उल्टो, ५ देखि ८, १० देखि  ११, १३ देखि १६ र २५ औं दिनदेखि अर्को महिनावारी शुरु हुनेबेलासम्म यसको मात्रा पसिनामा कम रहन्छ । यी दिनहरुमध्ये पनि १७ देखि २० औं दिनमा उनीहरुको पसिनामा १७ अल्कोहलिन एस्ट्रोजनको मात्रा सबैभन्दा बेसी रहन्छ । उक्त चार दिनमा नै लामखुटेले महिलाहरुलाई अलि बढी आक्रमण गर्ने गर्छ ।

     तर पुरुषमा यो १७ एल्कोहलिक एस्ट्रोजन हार्मोनमा कुनै उतार चढाव देखिँदैन ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...