बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदी र ममता बनर्जी आमुन्ने सामुन्ने, आयोगले चाल्यो कडा कदम !

शुक्रबार, ०३ जेठ २०७६, ०० : ४२
शुक्रबार, ०३ जेठ २०७६

एजेन्सी-भारतमा लोकसभा निर्वाचन जारी छ । ६ चरणको निर्वाचन सम्पन्न भई सातौं चरणको संघारको निर्वाचनमा भारत होमिएको छ । मे १९ मा हुने सातौं चरणको निर्वाचनमा ५९ लोकसभा सिटका लागि निर्वाचन हुँदैछ । देशभर निर्वाचन हुन बाँकी रहेका ५९ सिटहरुमध्ये पश्चिम बंगालको निर्वाचन क्षेत्रले अहिले सबैको ध्यान तानिरहेको छ ।

पश्चिम बंगालमा यो पटक ९ सिटका लागि चुनाव हुँदैछ तर त्यहाँ देखिएको भाजपा र तृणमुल काँग्रेसको टक्करल परिस्थिति तिव्र रुपमा तातिरहेको छ । मंगलबार भाजपाका अध्यक्ष अमित शाहको नेतृत्वमा आयोजित विशाल र्यालीका क्रममा दुई पक्षबीच झडप भयो । सो झडप भएको भोलिपल्टै निर्वाचन आयोगले तत्काल निर्वाचन प्रचार प्रसारका कार्यक्रम रोक्ने फैसला गरिदियो ।

निर्वाचन हुनुभन्दा २० घण्टा बढी समयमै प्रचार प्रसारका कार्यक्रम रोकिएपछि अहिले भाजपा र तृणमुल काँग्रसबीच कडा र गम्भीर आरोप प्रत्यारोप चलिरहेको छ । भाजपा अध्यक्ष शाह सहभागी र्यालीमा भएको हिंसात्मक घटनाको प्रभावले केन्द्र सरकारका प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालको नेतृत्व गर्ने ममता बनर्जीसम्म पुगेको छ ।

उनीहरु एकले अर्काबीच निर्मम आरोप प्रत्यारोपमा उत्रिएका छन् । निर्वाचन आयोगले एक्कासि गरेको प्रचार प्रचार बन्द गर्ने निर्णय मोदी र अमित शाहको इशारामा भएको आरोप तृणमुलक काँग्रेसकी नेतृ ममता बनर्जीले लगाइरहेकी छिन् । त्यस्तै प्रधानमन्त्री मोदीले ममता र उनको दलले लोकतन्त्रमाथि नै खतरा बढेको आरोप लगाइरहेका छन् । बिहीबार उत्तर प्रदेशको मउमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले बंगाल ममता दिदीको निजी थलो नभएको बरु भारतको एक अंग भएको चेतावनी दिए ।

उनले तृणमुल काँग्रेसका गुन्डाहरुले शहिद इश्वरचन्द्र विद्यासागरको शालिक तोडेको आरोप समेत लगाए । उनले विद्यासागरको पञ्चधातुको शालिक बनाएर देखाइदिने बचन दिए । र्यालीमा भएको झडमा शालिक फोडिएको थियो । उनले पश्चिम बंगालमा निश्पक्ष निर्वाचन गराएरै देखाइदिने समेत चेतावनी दिए । उनले भने, ‘ममताजी तपाई प्रधानमन्त्री बन्ने सपना देख्न स्वतन्त्र हुनुहुन्छ तर हाम्रा सुरक्षा बलका विरुद्ध तपाईको समुहले गरेको बल प्रयोले तपाईमाथि गम्भीर प्रश्न उठाईदिएको छ ।’ 

त्यस्तै पश्चिम बंगालकी प्रभावशाली नेतृ समेत रहेकी ममताले मोदीले आफ्नो पाँच वर्षे कार्यकालमा राम मन्दिर बनाउन नपाएको बरु पश्चिम बंगाल आएर विद्यासागरको शालिक बनाउने हावा कुरा गरेको आरोप लगाइन् । उनले एउटा शालिक बनाउन बंगालमा प्रसस्त पैसा भएको भन्दै मोदीमाथि ब्यंग्य समेत गरिन् ।

मथुरापुरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको आयोगको निर्णयमाथि चर्को आक्रोस पोखिन् । उनले आयोगलाई भाजपाको भातृसंगठन भएको आरोप समेत लगाइन् । उनले यसअघि निर्वाचन आयोग एक निश्पक्ष संस्था भएपनि अब त्यसको विश्वास टुटेको समेत बताईन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री समेत रहेकी उनले प्रधानमन्त्री मोदीले लगाएका आरोप सत्य भएमा आफु जेल जान समेत तयार रहेको बताइन् । सो क्षेत्र तिर्णमुल काँग्रेस र भाजपाको प्रभाव भएको क्षेत्र हो । यो घटनाले पश्चिम बंगालमा हुने ७ औं चरणको निर्वाचनमा दुई पार्टीबीच निकै टक्कर हुन सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप