शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन ः इरानी विदेशमन्त्री

बिहीबार, ०२ जेठ २०७६, २१ : ५१
बिहीबार, ०२ जेठ २०७६

एजेन्सी-अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी) ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो । 

टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङ्टनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुल्ला छ भन्ने प्रश्नमा जरीफको संक्षिप्त प्रतिक्रिया थियो, “तत्काल वार्ताको सम्भावना छैन ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप