शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुमबाट सेनाको हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

बिहीबार, ०२ जेठ २०७६, २० : ४४
बिहीबार, ०२ जेठ २०७६

पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । 

स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । 

चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए । 

सुत्केरी व्यथा लागेपछि उनलाई गत वैशाख ३० गते स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । 

तीन दिनसम्म सुत्केरी हुन नसकेपछि मल्ललाई जिल्ला प्रशासन कार्यालयको रोहवरमा हेलिकप्टरबाट उद्धार गरिएको हो । 

सडक सुविधा नहुँदा दुर्गम गाउँका सुत्केरीको अस्पताल पुर्‍याउन नपाउँदै बाटोमै ज्यान जाने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप