शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलो परिमाणमा गाँजासहित २ जना पक्राउ

बिहीबार, ०२ जेठ २०७६, २० : ३७
बिहीबार, ०२ जेठ २०७६

प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित ३७ वर्षीय सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८ का २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरिएको हो । 

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले दुवैलाई पक्राउ गरेको हो । 

यस्तै लालबन्दी नगरपालिका–६ स्थित सङ्गम लामाको घरबाट प्रहरीले ६२ किलो गाँजा बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप