शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत फाइनलमा पुग्दा नेपाल बाहिरियो

बिहीबार, ०२ जेठ २०७६, २० : ०७
बिहीबार, ०२ जेठ २०७६

नेपाल एसिया कप ह्वील चेयर टी—२० चियर क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । किर्तिपुरस्थित टियु मैदानमा बिहिबार भएको खेलमा नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भयो । 

लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । भारतले भने फाइनलमा स्थान बनाएको छ । बिहिबार नै भएको खेलमा भारतले पाकिस्तानलाई १७ रनले हरायो । 

भारत लगातार दुई जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले दुई खेलबाट चार अंक बनाएको छ । 

भारत एक खेल अगाडीनै फाइनलमा पुगेको हो । फाइनलमा भारतले पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप