७८ लाख घुस काण्ड : विशेष अदालतमा राजनारायण पाठकसँग २८ सवाल–जवाफ (पूर्णपाठ)

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले बुधबार विशेष अदालतमा बयान दिएका छन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकले बयान दिएका हुन् ।
बयानका क्रममा पाठकसँग विभिन्न २८ प्रश्न सोधिएको थियो । जसको जवाफ दिने क्रममा विभिन्न विषयमा पाठकले आफ्नै राय बाझिने गरी बयान दिएको पाइएको छ ।
यद्यपि अदालतले नेपाल बंगलादेश बैंक बसिदिएपछि बुधबारनै उनलाई ७८ लाख धरौटीमा रिहा गरेको छ ।
चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग पाठकमाथि छ ।
अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ। सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने
-
आईपीएल छाडेर स्वदेश फर्कन चाहन्छन् विदेशी खेलाडीहरू
-
वैवाहिक करणी मुद्दामा फरार कतारबाट पक्राउ
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ