बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपलाई अमेरिका, चीन र रुससँग टक्कर दिने शक्तिको रुपमा विकास गर्नुपर्छ: मर्केल

बिहीबार, ०२ जेठ २०७६, १६ : २२
बिहीबार, ०२ जेठ २०७६

एजेन्सी– विश्वका तीन शक्ति राष्ट्र चीन, रुस र अमेरिकाको चुनौती सामु अडिग रहन युरोपले आफूलाई बलियो पार्नुपर्ने जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन् ।  एन्गेला मर्केल जर्मन चान्सलरको रुपमा अन्तिम पटक युरोपेली निर्वाचमा सहभागी हुँदैछिन् । उनको चौथो कार्यकाल सन् २०२१ मा सकिँदैंछ ।

युरोपेली निर्वाचनमा अहिले रुसको हस्तक्षेप, चीनको आर्थिक जालो र डिजिटल सेवामाथि अमेरिकी एकाधिकारजस्ता विषय चर्चामा छन् ।  यिनै विषयतर्फ संकेत गर्दै मर्केलले यी चुनौती विरुद्ध लड्न युरोप एकिकृत रुपमा उभिनुपर्ने बताइन् । 

बर्लिनको आफ्नो कार्यालयमा दिइएको अन्तरवार्तामा मर्केलले भनेकी छिन् ,‘विश्व बदलिरहेको छ । दोस्रो विश्वयुद्धपछि सुनिश्चित ठानिएका धेरै सन्दर्भ अब बदलिए । ’ ‘तिनले (अमेरिका, चीन र रुस) पटक–पटक हामीलाई साझा आधार खोज्न बाध्य पारेका छन् । हामी बीचमा रहेको फरक चाखको कारण त्यो सँधैं सम्झव हुन पनि सक्दैन,’ मर्केलले भनिन् ।

अन्तरवार्ताको क्रममा मर्केलले अगाडि भनिन्, ‘तर हामीले युक्रेन द्वन्दमा साझा नीति अंगिकार गर्यौं । त्यस्तै अफ्रिकासम्बन्धी नीतिमा पनि हामी साझा रणनीति पछ्याइरहेका छौं । केही वर्ष अघिसम्म यो अकल्पनीय कुरा थियो । एक–एक कदम गरेर हामी अघि बढिरहेका छौं । तथापि हामी आर्थिक रुपमा जति शक्तिशाली छौं, त्यही स्तरको राजनीतिक शक्ति देखिँदैन ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०१८ को तथ्याङ्क अनुसार युरोपेली संघलाई एउटा राष्ट्र मान्ने हो भने उसको कुल ग्राहस्थ उत्पादन अमेरिकापछि दोस्रो स्थानमा छ । तर यति ठूलो अर्थतन्त्र भए पनि युरोपेली संघको राजनीतिक बल विश्व मञ्चमा तेस्रो स्थानको चीन र ११ औं स्थानको रुसभन्दा निक्कै कमजोर मानिन्छ ।

अन्तरवार्ता मर्केलको १४ वर्षे नेतृत्व कालको महत्वपूर्ण समयमा आएको छ । मे २३–२६ मा हुने निर्वाचनमा उनको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनले ठूलो हार सामना गर्न सक्छ । तथापि राजनीतिक विश्लेषकले उनको हालको लोकप्रियताले उनी सजिलै सन् २०२१ सम्म कायम रहने उनको चौथो प्रधानमन्त्रीत्व कालसम्म सहजै टिक्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप