असोज ३ मा नयाँ फिल्म ‘सरौतो’ आउँदै
काठमाडौं – रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको फिल्म ‘सरौतो’ ३ असोबाट प्रदर्शनमा आउने भएको छ । छायाँकारको रुपमा चर्चित हरी हुमागाईले फिल्म निर्देशन गरेका हुन् । वितरकसँगको छलफलपछि रिलिज मिति तय गरेका निर्देशक हुमागाइले बताए । ‘फिल्मलाई राम्रो बनाउने कोसिस गरेको छु’ निर्देशक हुमागााइले भने, ‘चाहेको कुरा पर्दामा उतार्न सफल भएको छु ।’
विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर फिल्मस् स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।
फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, शंकर महर्जनको एक्सन राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोसिस क्षेत्रीको संगीत छ । काठमाडौँ, सिम्रौनगढ लगायतका स्थानमा छायाँकन गरिएको फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल