संसारभर फ्रेन्चाइजको मोनोपोली नहोस्, उपभोक्तालाई विकल्प चाहिन्छः अर्थमन्त्री
काठमाडौं–पछिल्लो समय फ्रेन्चाइजले संसारभर बजार विस्तार गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले फ्रेन्चाइजको नाममा मोनोपोली खडा नगर्न सुझाएका छन् ।
नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पोमा बोल्दै मन्त्री खतिवडाले उपभोक्तालाई विकल्प चाहिने भएकाले कुनै पनि कुराको एकाधिकार हुन नहुने बताए ।
एउटै नाम राखेर ग्राहक झुक्याउने काम पनि भइरहेको उनले बताए । केएफसी नामका थुप्रै रेष्टुरेन्ट छन यसमा उपभोक्ता झुक्किने गरेका छन्, उनले भने ।
केन्टुकी फ्राइड चिकेन र क्वालिडी फुड क्याफे यी दुबै केएफसीको नामले परिचित छन् । यसमा उपभोक्ताहरु झुक्किने गरेको छन् ।
यता अर्थमन्त्रीले नेपाल उदयमान अर्थतन्त्र भएको देश भएकाले लगानीको अवसर रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । स्वदेशी तथा विदेशी लगानी कर्तालाई जेठ १ बाट शुरु भएको एकल विन्दु सेवाले पनि लगानी गर्न सहज बनाउने उल्लेख गरे ।
उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले नेपालसँग बलियो सरकार भएकाले लगानी गर्ने सही समय भएको बताइन । भारतका उद्योगी व्यवसायीलाई लगानीका लागि आग्रह समेत गरिन् ।
नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपालमा पछिल्लो समय यूवा उद्यमीहरु बढीरहेको बताए ।
नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पो राजधानीको एक एण्ड यति होटलमा चलिरहेको छ । आजसम्म चल्ने यो एक्स्पोमा ४९ वटा स्टल रहेको छ । जसमा भार र नेपालका चर्चित ब्राण्डहरु सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ