साइबर आक्रमण रोक्न राष्ट्रिय संकटकालको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा साइबर हमलाको खतरा औंल्याँउँदै राष्ट्रिय संकलटकालको घोषणा गरेको छ ।
विविसीका अनुसार, उनले एक कार्यकारी आदेश जारी गरेर सो घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पको यो कदमलाई विश्लेषकहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेविरुद्ध परिलक्षित कडा कदमको रुपमा व्याख्या गरेका छन् ।
हुवावेले टेलिकमको आवरणमा चीनका लागि जासुसी गर्ने गम्भीर आशंका अमेरिकाले गर्दै आएको छ र हुवावेविरुद्ध विश्वव्यापी रुपमै युद्धस्तरमा अभियान छेडिरहेको छ । अमेरिकी आशंकाअनुसार, हुवावेले टेलिकम सेवाको आवरणमा अमेरिकाबाट गोप्य सूचनाहरु चोरी गरिरहेको छ ।
त्यसो त राष्ट्रपतिको कार्यकारी आदेशमा चाहिँ राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशी टेलिकम कम्पनी यही हो भन्ने खुलाइएको छैन । तर सबैले अमेरिकाको यो पछिल्लो कदम हुवावेकै विरुद्ध हो भनेर ढुक्कका साथ भन्न थालेका छन् ।
राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेपछि अब अमेरिकाम विदेशी टेलिकम सेवाहरुको उपयोगमा प्रतिबन्ध लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत