बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतले नेपालको ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेश बनायो’

बिहीबार, ०२ जेठ २०७६, ११ : १७
बिहीबार, ०२ जेठ २०७६

चीन– ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको ६० हजार वर्ग कि.मि जमिन उपनिवेश बनाएको बताएका छन् ।

चीनमा सुरु भएको ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली सम्मेलनमा सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार उद्घाटन गरेको उक्त कार्यक्रममा नेपालले बिहीबार बिहान धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । चीन सरकारको औपचारिक निमन्त्रणामा नेपाल कन्फरेन्समा सहभागी हुन बेइजिङ पुगेका हुन् ।

त्यसक्रममा उनले भारत बेलायती उपनिवेशबाट १९४७ मा स्वतन्त्र भएदेखि नै नेपालको जमिनमा उपनिवेश कायम गरेको धारणा राखे ।

चीनले आफ्नो सार्वभौमताको रक्षाको लागी युद्ध लडेको र उपनिवेश विरुद्ध शान्तिपूर्ण रूपमा हङकङ र मकाउ फिर्ता लिएको बिषयलाई समेत उल्लेख गर्दै नेपालको अधिनस्थ जमिन फिर्ता हुनुपर्नेमा नेपालको जोड थियो । सम्मेलन शुक्रबारसम्म चल्ने बताईएको छ । सम्मेलनमा विश्वभरका १२६ देशका प्रतिनिधि सहभागी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप