शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतसँग असन्तुष्ट पक्ष र तराई मुक्ति मोर्चाबीच एकता

बिहीबार, ०२ जेठ २०७६, ११ : १३
बिहीबार, ०२ जेठ २०७६

जनकपुर– स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा. सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ । 

मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् । 

विज्ञप्तिमा मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरेको छ । 

उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप