अन्तराष्ट्रिय कलाकार मञ्च पुनर्गठन

काठमाडौं – अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकाको केन्द्रीय समिति पुनर्गठन भएको छ ।
कलाका सबै विधामा कार्यरत कलाकार र सो क्षेत्रका व्यक्ति समेट्दै मञ्चमा पुनर्गठित गरिएको हो ।
पुनर्गठित मञ्चमा पनि लोक तथा दोहोरी गायक रामप्रसाद खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् । मञ्चको उपाध्यक्षमा नेपाल शाखाको अध्यक्ष समेत रहेका कलाकार शिवहरी पौड्यालका साथै कलाकार गणेश उप्रेती, अभिनेत्री सारङ्गा श्रेष्ठ र पूजा चन्द छानिएका छन् ।
सुरेश दर्पण पोखरेल महासचिव र प्रकाश नेपाल सचिव चुनिएको मञ्चमा गायिका देविका वन्दना, निर्देशक सूर्य बोहरा, नविन केसी, लुना श्रेष्ठ, अनुपमा प्रसाईँ, विक्रान्त बस्नेत, भुपिन चन्द, ईश्वर थापा, सौजन्य सुब्बा, रुपा राना, निशा सुनार, पुरुषोत्तम न्यौपाने, नविन खड्का, महेश बुढाथोकी, प्रमोद खरेल, आशिश अविरल, बी विवि अनुरागी, इन्द्र जिसी, कृष्ण देवकोटा, मञ्जु पौडेल, विमलराज क्षेत्री, थानेश्वर गौतम, वसन्त थापा, श्याम सुन्दर, तिलक श्रेष्ठ, लिलु गुरुङ, विमल डाँगी, पवन ओली, कृष्ण कँडेल लगायत सदस्य छानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा