शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले १० दिन यसरी घटाइन् ५ किलो तौल, अब कान्स फिल्म फेस्टिबलमा देखाउनेछिन् हट फिगर

बिहीबार, ०२ जेठ २०७६, १० : २४
बिहीबार, ०२ जेठ २०७६

बलिउड नायिका कंगना रनौत आजकाल आफ्ना नयाँ फिल्म पंगाका लागि निकै पसिना बगाइरहेकी छिन् । फिल्ममा कंगना एक कबड्डी खेलाडीको रुपमा देखिनेछिन् । यसका लागि कंगनाले निकै तौल बढाएकी पनि थिइन् । तर अब कान्स फिल्म फेस्टिबलका लागि कंगना रनौत पुनः सेपमा आइसकेकी छिन् ।

रिपोर्टलाई मान्ने हो भने व्यायाममार्फत् उनले १० दिनमा पाँच किलो तौल घटाएकी छिन् ।

कंगना रनौतलाई हालै योगेश भटेजाको स्टुडियोमा देखिएको थियो । कंगना आफ्नो कान्स लुकका लागि वर्कआउट गरिरहेको देखिएकी थिइन् । फिटनेस ट्रेनर योगेशले एक अन्तरवार्तामा भने, ‘कंगनाले फिल्म पंगाका लागि तौल बढाउनु थियो । यस्तोमा हामीले धेरै क्यालोरी भएको खानेकुरा डाइटमा समावेश गर्यौं । उनको लागि यो त्यति सजिलो थिएन किनभने तौल घटनाउनका लागि सिधा क्यालोरी कम गर्नुपर्छ  । पंगाका लागि १०–११ घण्टा सुटिङ गरेपछि कंगनाले दिनमा दुईपटक वर्कआउट गरे । यसरी कंगनाले आफ्नो उद्देश्य प्राप्त गरेकी हुन् ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

The grind is real. This is what it takes to get red carpet ready for cannes. 😅 . . . . #Cannes2019 #KanganaAtCannes

A post shared by Kangana Ranaut (@team_kangana_ranaut) on

कंगना एक उत्कृष्ट नायिका हुनुका साथै स्टाइलिस्ट पनि हुन् । कान्समा उनी दोस्रो पटक भाग लिँदैछिन् । यसपटक उनी कान्समा एक विशेष खालको साडीमा दखिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप