‘वीर विक्रम २’ को प्रिमियरमा वर्षामा अड्कियो सबैको नजर
काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । बुधबार साँझ कुमारी चलचित्र भवन कमलपोखरीमा गरिएको फिल्मको प्रिमियरमा निर्माण युनिट, कलाकारकर्मी तथा रंगपत्रकारको उपस्थिती रहेको थियो ।
‘रोयल प्रिमियर’ नाम दिइएको उक्त प्रिमियरमा बाजागाजासहित कलाकारका पहिरन निकै आकर्षक देखिएका थिए । सो अवसरमा फिल्मका कलाकार पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी मुख्य आकर्षक बनेका थिए ।
शिव श्रेष्ठ, भुवन केसी, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल लगायतका कलाकारको समेत उपस्थिती रहेको प्रिमियरमा अभिनेत्री वर्षाले लगाएको गुलाबी रङ्गको गाउनमा सबैको नजर अड्किएको थियो ।
फिल्मका प्राविधिकहरुलाई सम्मानका रुपमा ‘मायाको चिनो’ वितरण गरिएको कार्यक्रममा फिल्म हेर्नेले मिश्रित प्रतिक्रिया दिएका थिए । फिल्म राम्रो बनेको प्रतिक्रिया केहीले दिँदा केही फिल्म मध्यम रहेको भन्ने समेत देखिए ।
पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, बालकलाकार मनिष लिम्बु, कृजन गौतम लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।
कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जीत गजमेर, राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा बनिष शाहको सम्पादन छ । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन