शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लाजियोले जित्यो कोपा इटालिया

बिहीबार, ०२ जेठ २०७६, १० : ०२
बिहीबार, ०२ जेठ २०७६

कोपा इटालियाको कप फुटबलको उपाधि लाजियोले जितेको छ । बुधबार राति भएको फाइनल भिडन्तमा लाजियोले एटलान्टालाई २–० गोलले हरायो । लाजियोको घरेलु मैदानमा खेलिएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको अन्तिम आड मिनेटमा दुई गोल गर्दै लानियो च्याम्पियन बन्यो ।

लाजियोको जितमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सर्जेज मिलिनकोभिक साभिकले ८२औं मिनेटमा खाता खोले । ९०औं मिनेटमा जोकिन कोरियाले गोल गर्दै लाजियोको उपाधि पक्का बनाएका थिए । लाजियोको यो सातौं कोपा इटालिया उपाधि हो । यस उपाधिसँगै लाजियो आगामी सिजनको युरोपा लिगमा छनोट भएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप