शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिलासँग आपत्तिजनक अवस्थामा भेटिए, पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या

बिहीबार, ०२ जेठ २०७६, ०९ : ३१
बिहीबार, ०२ जेठ २०७६

दक्षिणी दिल्लीको टिगरी इलाकाको एक भवनको पाँचौं तल्लाबाट हाम फालेका कारण एक व्यक्तिको मृत्यु भएको छ । पुलिसले पाएको जानकारी अनुसार ती व्यक्तिको त्यही भवनमा बस्ने महिलासँग अनैतिक सम्बन्ध थियो । महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । मामला बढेसँगै उनी भवनको  पाँचौं तल्लाबाट हाम फाले जसका कारण उनको मृत्यु भयो ।

पुलिसका अनुसार जेजे कोलोनी निवासी पंकजको एक महिलासँग अवैध सम्बन्ध थियो । घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटे ।

पुलिसका अनुसार घरको ढोका भित्रबाट बन्द थिएन त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरिन् ।

नसा काट्ने कोसिस गरिरहेकी महिलालाई दुई पुरुषले रोके । यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे ।

पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप