बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ९ सय दरबन्दी खाली

बिहीबार, ०२ जेठ २०७६, ०८ : ००
बिहीबार, ०२ जेठ २०७६

प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विद्येयक र क्षमता विकास प्रतिष्ठान विद्येयक ल्याउने तयारी गरिएको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् । 

प्रदेश १ का प्रादेशिक कार्यालयमा २ हजार ४ सय कर्मचारीको दरबन्दी छ । तर, १ हजार ५ सय मात्रै कार्यरत रहेको अधिकारीले बताए ।

प्रदेश सरकारले लोक सेवा आयोग गठन गरेर निजामती कर्मचारी भर्ना गर्न नसक्दा र संघीय सरकारले गरेको कर्मचारी समायोजन प्रभावकारी नहँुदा प्रदेश १ मा ९ सय कर्मचारीको दरबन्दी खाली रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप