केन्द्रीय संस्करण

कुर्सीको महिमा

person explore access_timeजेठ १, २०७६ chat_bubble_outline0

उ जमिनमा हुँदा सम्म

कुर्सी खराव 'थ्यो

कुर्सीमा जब उ विराजमान भो

जमिन भो खराव |

उसको नजर कुर्सीमा 'थ्यो
कुर्सी लागेको 'थ्यो
उसको नजरलाई
उ नजरबन्द गर्छ उसलाई
महिलालाई नजरबन्द गर्नेलाई |

फगत ढाँचा होइन त्यो
फलाम या काठको
कद हो कुर्सी त
कुर्सी अनुसार
सानो ठुलो छ त्यो
स्वाधीन छ या अधिन छ
खुश छ या नाखुश
कुर्सीमा लिसो झैं टाँसिन्छ
एक लिप्त मानिस |

फाइल दब्दै रहन्छन्
न्याय टालिन्छ
भोकासम्म दाल भात पुग्दैन
बिरामीलाई ओखति
अपराध नगरेर पनि
सुलीमा चढाइन्छ
यसै बीच
कुर्सी नै हो
जो घूस र प्रजातन्त्रको लेखा राख्छ |

कुर्सी खतरामा छ त प्रजातन्त्र खतरामा छ
कुर्सी खतरामा छ त देश खतरामा छ
कुर्सी खतरामा छ त दुनियाँ खतरामा छ
कुर्सी बचेन त
भाँडमा जाओस प्रजातन्त्र
देश र दुनियाँ |

खुनको समुद्रमा सिक्का राखिएका छन्
सिक्का माथि कुर्सी
कुर्सी माथि तानाशाह
एक पटक फेरि नरसंहारको आदेश दिन्छ |

अविचल रहिरहन्छ कुर्सी
माग र शिकायतको दुनियाँमा
चोट र आँसुको दुनियाँमा
मुर्दा तुल्य रहन्छ कुर्सी
आफ्नै खुट्टामामा आगो नलागे सम्म |

मातेको मान्छे झैं डंग्रंग ढल्छ उ
नालीमा आँखा खोल्छ
जब नशा जस्तै कुर्सीको मोह भंग हुन्छ |

कुर्सीको महिमा
बखान गर्ने
यो एक थोत्रो प्रयास हो
लिसो झैँ टासिनेलाई सोधे हुन्छ
कुर्सी भूगोल हो
कुर्सी इतिहास हो |

*पाण्डेय (१९४५ – ८९) प्रसिद्ध भारतीय लेखक तथा साहित्यकार हुन् |

Photo: https://www.home-living.co.uk

भावानुवाद : टंक कार्की

अनुवादककाे अनुभूति
JNU मा मैले गोरख पाण्डेलाई भेटेको थिएँ, '८० को दशकमा | उनको अध्ययन कक्ष पत्रिका र किताबले असरल्ल थियो, विद्यार्थीहरु समाली दिन्थे | उनी अध्ययनरत हुन्थे, विद्यार्थीहरु आग्रह गर्थे, 'गुरु जी खान खाने बेला भो, जाउँ |' उनी जब्बर वामपन्थी थिए ; प्रज्ञा, शिल र समाधिका लोभलाग्दा नमुना |
उनी भन्ने गर्थे, ' कविता र प्रेम - दुइ यस्ता चीज हुन् जसले मलाई मानिस हुनुको बोध हुन्छ | प्रेम मलाई समाजबाट प्राप्त हुन्छ र म समाजलाई कविता प्रतिदान गर्दछु | यो किन पनि भने मेरो जीवनको पहिलो शर्त भोजन, कपडा र आवास मजदुर वर्गले पूरा गरिदिन्छ | ठाउँ ठाउँमा उनीहरु आफ्नो हितको निम्ति संघर्षरत छन्, उनीहरुको संघर्षमा योगदान गरेर नै म आफ्नो जीवनको औचित्य क़सावित गर्न सक्दछु |'
पछि उनले आत्महत्या गरेको सुन्दा म कैयौं दिन वेचैन पनि भएँ | साहित्य र प्राज्ञिक बहसमा मर्मभेदी बाण चलाएर असहाय र दीनदुखिको रक्षा गर्नु उनको नित्य जस्तो कर्म थियो |
मे ७, २०१७
 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...