श्रीलङ्कामा ७८ जना गिरफ्तार
एजेन्सी-श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।
उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए ।
प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उनले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कफ्र्यु लगाइएको पनि जानकारी दिए ।
ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ । श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी