राष्ट्रियताका विषयमा गम्भीर बनौः चित्रबहादुर केसी
काठमाडौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । अनेरास्ववियु (छैटौंँ) ले आज ५४औंँ विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रियतामाथिको सङ्कट र विद्यार्थी आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यत्रममा उनले मुलुकमा कम्युनिष्ट पार्टीको शासन भएको बेला राष्ट्रियताका सवालमा कसैसँग झुक्न नहुने बताए ।
मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास गरिएकाले सरकार सचेत रहनुपर्ने अध्यक्ष केसीको भनाइ थियो । उनले नागरिकता वितरण गर्ने प्रणालीलाई कडाई गर्नुपर्ने बताए । नागरिकता वितरण प्रणाली खुकुलो बनाएकाले भारतीयले समेत नेपाली नागरिकता लिएको अध्यक्ष केसीले उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले अन्य मुलुकजस्तै नेपालमा पनि नागरिकता वितरणमा कडाई गर्नुपर्ने बताए । उनले नागरिकता वितरणमा कडाई नगरे मुलुकको राष्ट्रियतामा गम्भिर असर पर्ने बताए ।
कम्युनिष्ट पार्टीको विधि विधानलाई टेकेर नै आफूले राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएको नेता रावलको भनाइ थियो । “माध्यमिक तहको पाठ्यक्रममा राष्ट्रियताको विषय समेटिएको विषयवस्तु समावेश गर्नुपर्छ”, उनले भने । कार्यक्रममा अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियताको रक्षार्थ विद्यार्थीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’