बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं-भीमफेदी सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक

बुधबार, ०१ जेठ २०७६, २२ : २०
बुधबार, ०१ जेठ २०७६

काठमाडौं-प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाडौँ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिएका छन् ।

प्रदेशसभाको आजको बैठकमा उनले भीमफेदी–काठमाडौँ जोड्जे सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उनीहरु छिट्टै काठमाडौँ आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताए ।
     
मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उनले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप