नेपालमै पहिलो पटक पाककला राष्ट्रिय प्रतियोगिता हुँदै
काठमाडौं– नेपालमै पहिलो पटक पाककलासम्बन्धी राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीइभीटी) राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणाली परियोजना, नेपाल सरकारलगायतको सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।
पाककलाको अभ्यास गरिरहेका सेफको पहिचान गरी उनीहरुलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको बताएको छ ।
प्रतियोगितामा सहभागी हुन सातै प्रदेशका तोकिएका केन्द्रहरुबाट आवेदन दिन सकिने छ भने १८ वर्षभन्दा माथिका पाककलाको सीप भएका जोकोही सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताबाट प्रत्येक प्रदेशबाट २–२ जना छनोटमा पर्नेछन् भने उनीहरुबीच जेठ ३१ गते पोखरामा अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेतालाई ‘सेफ अफ द इयर’ घोषणा गरिनेछ । यस्तै प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था रहेको छ । यो प्रतियोगितको इभेन्ट पार्टनरको रुपमा काठमाडौंस्थित
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) रहेको छ ।