शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको कालोपुलमा २० वर्षीय युवतीमाथि एसिड प्रहार

बुधबार, ०१ जेठ २०७६, २१ : २९
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । 

प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । 

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

कालोपुलमा  युवतीमाथि एसिड प्रहार गरेको आरोपमा एकजना पक्राउ(अपडेट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप