प्रतिभा निखार्दै एसईई मोडल हन्टका प्रतियोगी
काठमाडौं– डिएम इन्टरटेनमेन्ट आयोजक रहेको सौदर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’ का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । विभिन्न चरणको अडिसनबाट छानिएका ११ केटी र १५ केटी प्रतियोगी अन्तिम स्पर्धाका लागि केही सातादेखि प्रशिक्षणमार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् ।
प्रशिक्षणका क्रममा उनीहरुले व्यवसायिक मोडलिङका लागि चाहिने विभिन्न प्रशिक्षकका अलवा विजनेश म्यान, अभिनेता अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक लिडर लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुबाट उनीहरुकै क्षेत्रको अनुभव समेत हासिल गर्नेछन् ।
एसएलसी दिएर विभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भविश्य खोज्न चाहनेहरुका लागि ‘एसईई मोडल हन्ट’ एउटा उपयुक्त प्लेट फर्म पनि हो । समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए । ‘मोडलिङ क्षेत्रलाई ब्यवस्थित गर्दै उद्योगको रुपमा बिकाश गर्ने कार्यक्रमको अर्काे उदेश्य हो’ मगरले भने ‘प्रतियोगितामा सिकेको ज्ञान दैनिक जीवन सहज बनाउन पनि काम लाग्ने गर्दछ ।’
‘एसईई मोड हन्ट’को अन्तिम स्पर्धा यही जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । प्रतियोगितामा महिला तथा पुरुषबाट एक एक गरेर दुई शीर्ष विजेता छानिने छ । शीर्षसहित विभिन्न आधा दर्जन विधामा बिजेता छानिने प्रतियोगितामा शीर्ष विजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्ययनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सुविधा लगायत विभिन्न गिफ्ट ह्याम्पर समेत जित्न सक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा