दुर्घटनामा एक बालकको अवस्था गम्भीर, हेलिकप्टरमा पोखरा पठाइयो
बुधबार, ०१ जेठ २०७६, १७ : ५०
बुटवल– मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलाबेंशीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते भएका छन् । सोही गाउँपालिका वडा नं.–६ घ्वाँगका १३ वर्षीय अमृत थापालाई लु ३१ प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको हो ।
घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा उपचार सुरु भएको घाइतेसँगै रहेका वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिएका छन् । घाइते बालक अचेत रहेको र आसिसियुमा राखेर उपचार चलिरहेको अस्पताल श्रोतले जनाएको छ ।
मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा बच्चालाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।