शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नीतिनिर्माण तहमा महिलाको समान सहभागिता गराउन एमाले प्रतिबद्ध’

आइतबार, २२ साउन २०७४, १५ : १२
आइतबार, २२ साउन २०७४


काठमाडौँ - ‘दक्षिण एशियाली महिला सम्मेलन–२०१७’ आजदेखि यहाँ सुरु भएको छ । 

अखिल नेपाल महिला संघले दक्षिण एशियाका स्थानीय सरकारमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै नेकपा ९एमाले¬० का अध्यक्ष केपी शर्मा ओलीले 
नेपालले छोटै समयमा महिला उत्थानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकामा खुशी व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीले नीतिनिर्माण तहमा महिलाको समान सहभागिता गराउन आफ्नो पार्टी प्रतिबद्धता छ भन्दै महिला सशक्तीकरणका क्षेत्रमा काम भइरहेको हँुदा महिला अधिकारकर्मीलाई निराश नहुन आग्रह गर्नुभयो । सामाजिक न्यायसहितको विकासका लागि पनि राज्यका सबै तहमा महिलाको समान सहभागिता हुनुपर्नेमा आफ्नो पार्टी सचेत रहेको उहाँको भनाइ थियो । 


दुईदिने सम्मेलनमा सार्कका नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगानिस्तानका महिला सांसद, नागरिक समाजका अगुवा र महिला अधिकारकर्मीसहित करिब ७० जनाको सहभागिता छ । स्थानीय सरकारमा महिला सहभागिताका विषयमा बहस गर्न र दक्षिण एशियाली महिलाको राजनीतिक अधिकारका लागि संघर्षरत महिला राजनीतिककर्मी तथा अधिकारकर्मीप्रति ऐक्यबद्धता जनाउन सम्मेलन आयोजना गरिएकोे बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप