बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिष्णु माझीको नयाँ गीत ‘अनुसन्धान’

बुधबार, ०१ जेठ २०७६, १६ : ४३
बुधबार, ०१ जेठ २०७६

काठमाडौँ– गायिका बिष्णु माझी र नव गायक अशोक विकको स्वर रहेको गीत ‘अनुसन्धान’ सार्वजनिक भएको छ । गीत म्युजिक भिडियोसहित जनता डिजिटल एण्ड फिल्मस्ले तयार गरेको हो । 

गीतमा शब्द सागर रेग्मीले गरेका हुन् भने लय किशोर खत्रीको रहेको छ । डि.आर सुजनको निर्देशनमा रहेका गीतको भिडियोमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, विविषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।  रेशम दर्लामी र दीपक गिरीले छायाँकन गरेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप