शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

बुधबार, ०१ जेठ २०७६, १६ : २७
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उुद्घाटन गरेका छन् । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किङ र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलब दरमा यो सेवा उपभोग गर्न सकिने बताए ।

हाल करिब तिन हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर १ हजार ५ सय देखि ३ हजारसम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिने बैंकले जनाएको छ  ।

बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ । 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृत टेकराज जोशी, नि.विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, प्रदेश नम्बर ३ का नि.प्रमुख सोनी श्रेष्ठ, शाखा कार्यालय दरबारमार्गका प्रबन्धक रामकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।     

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप