शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी गिरीलाई ‘चलचित्र पत्रकारिता’ पुरस्कार

बुधबार, ०१ जेठ २०७६, १६ : १६
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– राटोपाटीकर्मी कुबेर गिरीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघले यही जेठ ७ गते २० औं स्थापना दिवसको अवसर पारेर उनलाई पुरस्केत गर्न लागेको हो । 
बुधबार बसेको चलचित्र पत्रकार संघको कार्यसमिति बैठकले यो बर्षको पुरस्कार तथा सम्मानको निर्णय गरेको छ ।

जसमा संघले चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७५’ प्रदान गर्ने भएको छ । 

त्यस्तै संघले एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार प्रदान’ गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

बैठकले मेरो फिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेल चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निणर्यसमेत गरेको छ । छोटो अवधिमै चलचित्र पत्रकारितामा फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप