बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथको प्रश्न : हाम्रो लोकतन्त्रको चरित्र के हो ?

अहंकार हावी भयो भने पतन सुरु हुन्छ : माधव नेपाल
बुधबार, ०१ जेठ २०७६, १५ : ५३
बुधबार, ०१ जेठ २०७६

काठमाडौँ– नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपाका सामु मुख्य ६ वटा कार्यभार रहेकाले ति पुरा गरेपछि मात्रै समाजवादी बाटो तय गर्न सकिने बताएका छन् ।

उनले नेकपाले लिने राजनीतिक कार्यदिशा स्पष्ट पार्दै ६ वटा कार्यभार सम्पन्न गर्ने गरी कार्यदिशा तय बनाउनुपर्ने जरुरी रहेको बताए । उनले लोकतन्त्र,राष्ट्रियता सुशासन, सामाजिक आर्थिक सुशासन, सांस्कृतिक रुपान्तरण र बैदेशिक सम्बन्धबारे प्रष्ट धारणा तय गर्नुपर्ने बताएका हुन् ।

लोकतन्त्रका सवालमा खनालले भने, ‘हाम्रो लोकतन्त्रको चरित्र के हो ? यो नै अन्तिम हो ? यसले हामीलाई सवै अधिकार दियो ? यर्थाथमा यो लोकतन्त्र पुँजिवादी चरित्रको छ’ खनालले थपे हाम्रो अहिलेको निर्वाचन प्रणाली धनीका लागि मात्रै हुन्छ । यहि रहे गरीवले चुनाव लड्ने पाउदैन ।  त्यसैले लोकतन्त्रलाई परिस्कृत र समुन्नत बनाउने काममा लाग्नुपर्ने हुन्छ ।’

त्यस्तै खनालले राष्ट्रियता सुदृढ बन्न नसकेको भन्दै २१ सताव्दीमा आइपुग्दा पनि नेपालको सीमाना किटान हुन नसकेकोमा गुनासो गरे । उनले सुस्ता र कालापानीमा विदेशी फौज नहटाएसम्म राष्ट्रियता कमजोर भइरहने भन्दै देशको एकएक इन्च माटोको हिसाव गर्नुपर्ने बताए । ‘सुशासन सिंगो राष्ट्रको माग हो । कम्युनिष्ट सरकारले सुशासन दिन सक्नुपर्छ । सेना, प्रहरी कर्मचारी सवै रुपान्तरण गर्न जरुरी छ । शोषण दमन र अतयाचार अन्त्य गर्दै सुशासन कायम भएमात्रै देश अग्रगतिमा अघि बढाउन सकिन्छ’ खनालको भनाई थियो । 

उनले सुशासन बहाल गर्ने काम जटिल भएपनि स्थायी सरकार भएकाले राम्रा निति लिएर अघि बढ्न सक्नुपर्ने बताए ।

त्यस्तै सामाजिक आर्थिक रुपान्तरणका लागि पनि पाटीले स्पष्ट धारणा बनाउनुपर्ने खनालले बताए । ‘गरिवी, वेरोजगारी उन्मुलन जरुरी छ । यसलाई अभियानका रुपमा लैजानुपर्ने हुन्छ । साधन स्रोतको उपयोग गरेर मुलुकको विकासलाई तीव्रता दिएपछि मात्रै सुखी नेपाली, समृद्ध नेपाल सम्भव छ बोलेर मात्रै पुग्दैन’ खनालले भने । 

त्यस्तै खनालले नेपाली समाज र विश्व सँगका सम्बन्ध सन्ुतलित राख्न सकेमात्रै मुलुकले उनीहरुको सहयोग पाउन सकिने बताए । नेता खनालले जनवादी क्रान्तिका कार्यदिशा, निति र सिद्धान्त तय भएर नै क्रान्ति सम्पन्न भएको भन्दै दुईवटा कम्युनिष्ट पार्टीले खेलेका भमिका आधारमा

पार्टी एकता भएपनि अव समाजवादी क्रान्तिका लागि गम्भिर बहस गर्न आवाश्यक रहेकाले त्यसका लागि राष्ट्रव्यापी रुपमा बहस थाल्नुपर्ने खनालले बताए ।

कार्यक्रममा खनाल पछि बोलेका नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले चर्को भाषणमा आफू नलाग्ने समाजवादको यात्रामा अघि बढ्ने क्रममा जनताका पीरमर्काको सम्बोधन गर्न सक्नुपर्ने बताए । उनले पठन संस्कृतिको अभाव भएको भन्दै राम्रो अध्ययन गर्न युवाहरुलाई सुझाव दिए ।

राजनीतिक, वैचारिक कार्यदिशामा बहस जरुरी भएको भन्दै समाजवादकै कारण सोभियतसंघ विघटन र चीन संकटको अवस्थामा पुगेको उदाहरण दिए । नेता नेपालले रुस, चीन लाओस, र उत्तरकोरियाली मुलुकको उदाहरण दिए ।

‘बोल्ने कम, सुन्ने ज्यादा गर्नुस्,’ नेता नेपालले भने, ‘नबिराउनु नडराउनु । खाएको विष लाग्छ । नखाएको विष कसरी लाग्छ ?’ उनले नेताहरुको आचरणप्रति प्रश्न उठेको भन्दै आचरण र व्यवहारमा समस्या त छैन भनेर प्रश्न गरे । ‘हाम्रो आचरण व्यवहार पारदर्शी छ कि छैन । छलफल विचार विमर्श हुन्छ हुदैन ? अहंकार हावी भयो भने तपाईंको पतन सुरु हुन्छ । त्यसकारण कम्युनिष्ट आन्दोलनलाई बचाइ राख्ने विषयमा सोच्ने बेला भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप