शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर पोखरेलको चेतावनी: विचारमा स्पष्टता नभए एकता टिक्दैन

बुधबार, ०१ जेठ २०७६, १५ : १९
बुधबार, ०१ जेठ २०७६

काठमाडौँ– नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले दुई धार र तीन तरेलीका आधारमा अघि बढ्नुपर्ने बताए । 

उनले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै नेतृत्वको चर्को आलोचना गरे । ‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन । त्यसपछि दुर्भाग्य हुनेछ’ पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी एकरुप धारणा बनाउनु जरुरी भएको बताए ।

उनले विचारबाट निर्देशित भएको पार्टी ठुलो भएपनि मिसन पुरा गर्न नसक्ने चेतावनी दिए । नेता पोखरेलले त्यसका लागि पार्टीमा युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिए ।

‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न सक्दैन । संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले चर्को असन्तुष्टि जनाए ।

दुई कम्युनिष्ट पार्टी एक हुनु कम्युनिष्ट कार्यकर्ताको चाहाना र जनताको आवश्यक्ता भएको भन्दै त्यो चाहाना र आवश्यक्ता पुरा गर्न विचार, संगठन र नेतृत्वको स्पष्टता हुन जरुरी रहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप