चीनमा हिजोदेखि जङ्गलमा लागेको भीषण डढेलो अझै रोकिएन
बुधबार, ०१ जेठ २०७६, १५ : १३
एजेन्सी– चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन । यो आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ ।
स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि करिब २ हजार व्यक्ति र तीन ओटा हेलिकोप्टर परिचालन गरिएको छ । तर आगलागीको मात्रा घटेको छैन ।
कुङ्मिङ् प्रान्तमा अवस्थित जङ्गलमा आगो फैलिइरहेको र त्यसलाई कम गर्न नसकिएकोे आगलागी नियन्त्रण केन्द्रको प्रान्तीय विभागले जानकारी दिएको छ ।
आगोले के कति जङ्गल सखाप पार्यो भन्ने बारेको समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । आगोको लप्काले निकै परसम्म नै प्रभाव पारिरहेकोले नियन्त्रणका लागि प्रभावकारी पहल गर्न नसकिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू