शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दर्शक र समीक्षक दुवैका लागि जात्रै जात्रा:  अभिनेता विपिन

बुधबार, ०१ जेठ २०७६, १४ : २५
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– ‘जात्रै जात्रा’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा यसका अभिनेता विपिन कार्कीको पनि व्यस्तता बढेको छ ।  केही दिनयता आफ्नो दिन मिडिया र मिडियाकर्मीसँग नै बित्ने गरेको विपिनले बताए । ‘फिल्म राम्रो बनेको छ । फिल्म मात्र राम्रो भएर पुग्दैन । प्रचार–प्रसार पनि हुनु जरुरी छ’ विपिनले भने ‘प्रचार प्रसारमा कमी नहोस् भनेर हामी पुरै युनिट लागेका छौ ।’
‘जात्रै जात्रा’को मुख्य अभिनेता नै विपिन हुन् । उनी प्रायः सबै फिल्ममा फरक–फरक भूमिकामा देखिँदै आएका छन् । उनको प्राय फिल्म व्यवसायिक भन्दा पनि प्रयोगवादी हुने गरेका छन् । ‘जात्रै जात्रा’भने पुर्ण कर्मसिलय रहेको विपिनले बताए ।

‘जात्रै जात्रा’ सिक्वेल फिल्म पनि हो । यसले अघिल्लो सिक्वेल ‘जात्रा’को कथालाई पनि निरन्तरता दिएको छ । ‘जात्रा’ले जसरी मलाई सफलता दिलाएको थियो । ‘जात्रै जात्रा’ले पनि दिलाउँछ भन्नेमा म ढुक्क छु’ विपिनले थपे ‘यो फिल्म दर्शक र समीक्षक दुबैका लागि हो ।’

षट्कोण आर्टको व्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया हुन् । फिल्ममा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ ।  प्रदिप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा विपिनका अलवा दयाहाङ राई, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप