भारतले छोड्यो १९ पाकिस्तानी बन्दी
अमृतसर– भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् । जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो ।
भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताए । उनले भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताए ।
भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताए ।
पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्नेक्रम बढाएका छन् । पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो, जसमध्ये ५५ जना माझी थिए ।
पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो । भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो