शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मूख्यमन्त्री पोखरेल र चीनको गान्सु प्रान्तका गर्भनरबीच भेटवार्ता

बुधबार, ०१ जेठ २०७६, १३ : ५४
बुधबार, ०१ जेठ २०७६

बुटवल–प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग चीनको गान्सु   प्राप्तका गर्भनर थाङ रनच्यानले भेटवार्ता गरेका छन् ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशका विशेषता र सम्भावनाबारे जानकारी गराउँदै संघीयता कार्यान्वयनको एक वर्षमा आवधिक योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको र योजनाबद्ध विकासको बाटो तय गरेको जानकारी गराएका थिए । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित  धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थलहरु रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको मुख्यमन्त्रीले भनाई थियो । गर्भनर रनच्यानले नेपाल र चीन बीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको भन्दै  सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताएका थिए । द्विपक्षीय सहकार्य मार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै गर्न सकिने उनको भनाई थियो । 

गान्सु  प्रदेशले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरी राम्रो लाभ लिएको जानकारी दिदै उनले नेपाल आउने स्याउमध्ये आधा भन्दा धेरै गान्सु बाट आउने बताएका थिए । 

भेटवार्तामा मुख्यमन्त्रीले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिने बताए । स्याउ उत्पादन राम्रो रहेको र नेपाल आउने स्याउको ठूलो हिस्सा गान्सु बाट आएको जानकारी पाएपछि मुख्यमन्त्रीले हाम्रो हिमाली क्षेत्रमा पनि स्याउको संभावना राम्रो रहेको र प्रविधि हस्तान्तरणको अपेक्षा गरेका थिए । 
यसैगरी द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

मुख्यमन्त्री शंकर पोखरेल र गर्भनर थाङ रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र गान्सु   प्रदेशका सांस्कृतिक तथा पर्यटन  निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरेका छन् । 

मूख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  सांस्कृतिक आदान प्रदान र पर्यटन पवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ ।

त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चर बीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ । सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर सी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप