ह्विलचियर क्रिकेट : तस्विरमा हेर्नुहोस् नेपाल र भारतबीचको खेल
बुधबार, ०१ जेठ २०७६, १३ : ०६
विश्वमै पहिलोपल्ट भनिएको एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबारदेखि नेपालमा सुरु भएको छ ।
आजको खेलमा आयोजक नेपाल र भारतबीच खेल भएको छ ।
यो प्रतियोगिता जेठ चार गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले भाग लिने छन् ।
आजै हुने दोस्रो खेलमा बंगलादेश–पाकिस्तानले दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा चार टोलीले एकले अर्कासँग खेल्नेछन् ।
लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक संघले मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सबै सहभागी देशको टोली काठमाडौं आइसकेको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।