शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुई पक्राउ

बुधबार, ०१ जेठ २०७६, १२ : ३४
बुधबार, ०१ जेठ २०७६

काठमाडौँ – महानगरीय अपराध महाशाखाले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । आफू अष्ट्रेलियाको पीआर होल्डर भएको र डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने रेजिना अधिकारी पक्राउ गरेकी हुन् । 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार अधिकारीले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै गोकर्णेश्वर नगरपालिका–४ माकलवारीका अमित श्रेष्ठसँग कानुनी विवाह गरेकी थिइन् । सुनसरी अमाहीबेल्ला गा.वि.स नं–७ स्थायी घर भइ नयाँबानेश्वर बस्दै आएकी अधिकारीले अमित श्रेष्ठसँग कानुनी विवाहपछि चार लाख पचास हजार ठगी गरी सम्पर्कविहीन भएकी थिइन् । 

अधिकारी सम्पर्कविहिन भएपछि श्रेष्ठको उजुरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मध्यबानेश्वरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । 
 
अधिकारीले चाँगुनारायण–३ भक्तपुर बस्ने सागर धमलासमेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । तर, अधिकारीलाई एशियन ईन्टरनेशनल कन्सल्टेन्सी बाँसबरीका एकेडेमिक डाईरेक्टर गणेश भन्ने अरविन स्याङ्वोले प्रयोग गरिरहेको खुल्न आएको पनि प्रहरीले जनाएको छ । कमलामाई–२ सिन्धुलीका स्याङ्वोलाई पनि राजधानीबाटै पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप