शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना अवार्डको आवेदन खुला

बुधबार, ०१ जेठ २०७६, ११ : ५८
बुधबार, ०१ जेठ २०७६

काठमाडौं – ‘कामना फिल्म अवार्डस् २०७६’ सुरु भएको छ । आयोजक कामना न्यूज पब्लिकेसनले एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन आह्वान गरिएको छ । २०७५ साल भित्र निर्माण प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने छन् । 

पब्लिकेसनका कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पब्लिकेसन अध्यक्ष एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको हालै निधन भए पनि श्रेष्ठको चाहना अनुसार अवार्डलाई निरन्तरता दिन लागेको बताए । 

कामनाको ३५औं वर्षिक उत्सवमा अवार्ड आयोजना गरिनेछ । स्टार अफ द इयर विधा थपिएसँगै ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ । यो अवार्ड प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा जुनसुकै विधामा पनि भाग लिन पाइने आयोजकले जनाएको छ । 

अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानका आधारमा पर्दामा देखिने तथा पर्दापछाडि बसेरकाम गर्ने एक÷एकजनालाई जनही १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) प्रदान गरिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप